Skip to main content

Posts

के जुवा खेल्नु एउटा पाप हो? बाइबलले जुवा खेल्नुको बारेमा के भन्दछ?

प्रश्न: के जुवा खेल्नु एउटा पाप हो? बाइबलले जुवा खेल्नुको बारेमा के भन्दछ? उत्तर:  बाइबलले बिशेषगरि जुवा खेल्नु, शर्त लाउनु, वा चिठ्ठा थाप्नुलाई नराम्रो भन्दैन। यद्यपि बाइबलले हामीलाई रूपैयाँ पैसाको मोहबाट टाढा रहने चेतावनी दिन्छ (१ तिमोथी ६:१०; हिब्रू १३:५)। धर्मशास्त्रले हामीलाई “छिटो धनि बन्ने” कुराबाट टाढा बस्नु प्रोत्साहन गर्छ (हितोपदेश १३:११; २३:५; उपदेशक ५:१०)। जुवा खेल्नु निश्चय पनि पैसा प्रतिको मोहमा नै केन्द्रित हुन्छ र छिटो र सहजिलै धनी हुने लोभमा पर्दछ। जुवा खेल्नुमा के गलत छ? जुवा खेल्नु असहज विषय हो किनभने यदि यो नियन्त्रणमा र कहिलेकाहिँ मात्र खेलिन्छ भने, यो एउटा पैसा खेर फाल्नु हो तर यो अनिवार्य रुपले “खराब” चाहिँ होइन। मानिसहरुले धेरै किसिमका किर्याकलापहरुमा पनि पैसा खेर फाल्छन्। जुवा खेलेर पैसा नष्ट गर्ने वा चलचित्र हेरेर (धेरै उदाहरणमा), अनावश्यक खर्चिलो खानेकुरामा, अथवा बिनाकामको सामानहरु किनेर पैसा खर्च गर्ने बीच धेरै-धेरै भिन्नता भने हुदैनन्। यसै क्षणमा, अन्य थोकमा पनि पैसा खेर फालिन्छ भन्नाले जुवा खेल्नु उचित हो भन्ने हुदैन। रूपैयाँ-पैसा खेर फाल्नु हुदैन। भ
Recent posts

के अनन्तकालको सुरक्षा बाइबलीय हो? (पूरा पढ्नुहोस )

प्रश्न: के अनन्तकालको सुरक्षा बाइबलीय हो? उत्तर:  जब मानिसहरुले ख्रीष्टलाई तिनीहरुका मुक्तिदाताको रुपमा जान्ने छन्, तिनीहरु परमेश्वरसँगको सम्बन्धभित्र ल्याइएका हुने छन् जसले तिनीहरुका अनन्तकालको सुरक्षाको प्रत्याभूति दिन्छ। यहूदा २४ ले घोषणा गर्दछ, “अब, जसले तिमीहरुलाई पापमा फस्नदेखि बचाउन सक्नुहुन्छ र जसले तिमीहरुलाई आनन्दसहित उहाँकै महिमाको सामने निष्कलङ्क प्रस्तुत गर्न सक्नुहुन्छ।” परमेश्वरको शक्तिले विश्वासीहरुलाई पापमा फस्नदेखि बचाउँन सक्छ। हामीलाई उहाँको महिमाको उपस्थितिमा प्रस्तुत गर्नु, त्यो उहाँको इच्छाको कुरा हो, हाम्रो होइन्। हाम्रो अनन्तकालको सुरक्षा परमेश्वरद्वारा हामीलाई बचाएर राख्ने परिणाम हो, न कि हामीले आफ्नो मुक्ति आफै कायम राखेको कारणले हो। प्रभू येशूले घोषणा गर्नु भयो, “तिनीहरुलाई म अनन्त जीवन दिन्छु, र तिनीहरु कहिल्यै नष्ट हुनेछैनन् र कसैले तिनीहरुलाई मेरो हातबाट खोसी लैजानेछैन। पिताको हातबाट कसैले तिनीहरुलाई खोसी लानेछैनन्” (यहून्ना १०:२८-२९ब)। पिता र येशू दुवैले हामीहरुलाई उहाँको हातमा मजबूतरुपले कसेर पक्रिनुभएको छ। कसले हामीलाई पिता र पुत्र येशू दुवैको पकडबाट

स्मरणशक्ति कसरी प्राप्त हुन्छ ? कसरी बढाउने ? (पूरा बिबरण पढ्नुहोला )

के तपाईं आफ्नो  स्मरणशक्ति देखी प्रसन्न हुनुहुन्छ ? ज्ञानगुनका धेरै कुराहरु मस्तिष्कमा टिपाउन एक दुई पटक पढेर धेरै समयसम्म सम्झिरहन सकेमा कति आनन्द हुन्थ्यो होला ! चाहे घरमा काम गर्ने गृहिणी होउन् वा कक्षा–कोठामा पढाउने शिक्षक, अथवा कार्यालयमा काम गर्ने कर्मचारी वा एक व्यापारी नै किन नहोउन्, सबैलाई आफ्नो स्मरणशक्ति बढाउने तीब्र इच्छा, अभिलाषा पक्कै हुन्छ । के हामीले हाम्रो मस्तिष्कको बनावट एवं सूचना–खबर सम्पादन गर्दै जम्मा गरी राख्ने प्रक्रियाको बारेमा कहिल्यै सोचेका छौं त ? मान्छे उही हो, किन कोही गोबरगणेश हुन्छन् त, कोही अत्याधुनिक यन्त्रको निर्माण गरेर पत्याउनै नसक्ने उपलब्धि हात पार्ने क्षमताका हुन्छन ? किन कोही सबै विषयमा फेल हुन्छन् त, कोही विशिष्ट श्रेणीमा उत्तिर्ण हुन्छन् ? यी सबै जान्ने हामीमा कौतुहल हुनु स्वाभाविक छ । एकछिन यहाँ हामी स्मरणशक्तिको सञ्चयप्रक्रिया, मजबुत बनाउने तरिका एवं हाम्रो मस्तिष्कको संरचनामाथि केही प्रकाश पार्ने कोशिश गरौं ।  संरचना  जन्मेदेखि नै हाम्रो मस्तिष्कको बढ्ने क्रम जारी हुन्छ । बच्चाबच्चीको एकवर्षे कालसम्म छातीको परिधिभन्दा टाउकाको परिधि तीन

लोक सेवा को तया गर्दा कसरी पढ्ने ? ( जानकारिको लागि पूरा बिबरण पढ्नुहोला )

आजभोलि धेरै नेपाली युवाको सपना हुन्छ -लोकसेवामा नाम निकाल्ने र सरकारी जागिर खान । पछिल्लो समय नेपालमा निजामती सेवाको आकर्षण बढ्दो छ । खुलेका पदभन्दा सयौँ गुणा बढी आवेदन पर्छन् । देशमा बेरोजगारहरू बढिरहनु, अनि सरकारी जागिर भरपर्दो र सानदार (प्राइभेट जागिरको तुलनामा तलबभत्ता राम्रै) हुने हुँदा पनि यसप्रति युवा आकर्षण बढेको हो । ओखलढुगा च्यानमकी संगिता अधिकारी लाई सरकारी जागिर खाएर आफु आत्मनिर्भर बन्दै बुबा आमा र निजकका आफन्तको सपना कसरी सकार पार्ने भन्ने चिन्ता छ । ‘मलाइ लोकसेवा आयोगमा नाम र थर एकै पटक निकालेर सरकारी जागिर खाने ठुलो रहर छ ।’ अधिकारी भन्छिन् ‘मेरो मात्रै रहर होइन अग्रजको सपना पनि हो म सरकारी जागिरे भएको देख्ने । तर धेरै पढ्न धोक्न पनि सक्दिन । तरीका के होला ?’ अधिकारी एउटा उदाहरण मात्रै हुन् । उनि जस्तै धेरै युवाहरुको चाहाना छ लोकसेवा पास गर्ने र सरकारी जागिर खाने । लोकसेवा परीक्षा तयारीका लागि विशेष ट्युसन, कोचिङ सेन्टर पनि सहरमा थुप्रै खुलेका छन् । अनुभवीहरू भन्छन-लोकसेवामा नाम निकाल्न सजिलो छैन, सामान्य कक्षा लिएर वा स्वअध्ययनले मात्रै पुग्दैन, विशेष विधि र तरिका

मृत्यु पछि के हुन्छ? बाइवलले के भन्छ त ? ( जानकरिको लागि पूरा बिबरण हेर्नुहोला )

प्रश्न: मृत्यु पछि के हुन्छ? उत्तर:  ख्रीष्टियन विश्वास भित्र, मृत्यु पछि के हुन्छ भन्ने प्रश्न अल्मल्याउने किसिमको हुन सक्छ। कोहि मानिसहरु यो पनि सोच्छन कि, प्रत्येक व्यक्ति अन्तिम न्याय सम्म “सुतेको” अवस्थामा रहन्छन। जबकि अन्य मानिसहरुले यो सोच्छन कि, मृत्यु हुन साथ उनीहरुको तुरुन्तै न्याय हुन्छ र उनीहरु लाई अनन्त गन्तव्य तर्फ पठाइने छ। तर अरु मानिसहरुले यो दावी गर्दछन् कि जब मानिसहरु मर्दछन्, उनीहरुको आत्मा/प्राण “अस्थायी” स्थानमा पठाइने छ, अन्तिम बौरी उठाईको प्रतिक्षा गर्नलाई, अन्तिम न्यायको लागि, अन्तिम र अनन्त गन्तब्यमा पुग्नेछ। त्यसैले, मृत्युको पछि वास्तवमा के हुन्छ, भन्ने बारेमा बाइबलले हामीलाई वास्तवमा के बताउद छ? पहिले, येशू ख्रीष्टमा विश्वास गर्नेहरुलाई, बाइबलले यो बताउँदछ कि विश्वासीहरुको मृत्यु पछि उनीहरुको प्राण/आत्मा लाई स्वर्गमा लैजाने छन्, किनकि हामीहरुको पाप प्रभु येशू ख्रीष्टलाई मुक्तिदाताको रुपमा ग्रहण गरेको हुनाले क्षमा भएका छन् (यहून्ना ३:१६, १८, ३६)। विश्वासीहरुका निम्ति, मृत्युपछि “शरीरबाट अलग भएर प्रभुसँग रहनु” हो (२ कोरिन्थी ५:६-८; फिलिप्पी १:२३)। यद्यपि, १

बाइबलले ख्रीष्टियनले दिने दशांशको विषयमा के भन्दछ?

प्रश्न: बाइबलले ख्रीष्टियनले दिने दशांशको विषयमा के भन्दछ? उत्तर:  धेरै ख्रीष्टियनहरुले संघर्ष गर्ने एउटा विषय नै दशांश दिने कुरा हो। दशांश चाहिँ इस्राएलीहरु को निम्ति एउटा नियमको रुपमा थियो जसमा उनिहरुको अनाज र पशुपालनबाट १० प्रतिशत दिनु आवश्यक थियो (लेवी २७:३०; गिन्ती १८:२६; व्यवस्था १४:२४; इतिहास ३१:५)। सत्यता यो हो कि, पुरानो करारमा केहि यस्ता दशांशको माग गरिएको छ— एउटा लेवीहरुको लागि, मन्दिर र चाडहरुका लागि, र एउटा गरीबको जमीनको लागि— जो लगभग पुरै कमायको २३.३ प्रतिशत हुनथ्यो। कसैले पुरानो करारको दशांशलाई बलिदान प्रणालीका लेवी र पूजारीहरुका खाँचोहरु पूरा गर्न दिइने करको एक तरीकाको रुपमा बुझ्दछन्।  नयाँ करारमा कहिँ पनि कानूनीरुपमा दशांश दिने प्रणाली प्रति विश्वासीहरु समर्पित हुनु पर्दछ भनी आज्ञा वा सिफारिश गरेको छैन। नयाँ करारमा केहि पनि आम्दानीको एक निश्चित प्रतिशत छुट्याउनु भनी निर्देश गरेको छैन, तर “आफ्नो कमाई अनुसार केही धन छुट्टायर” (१ कोरिन्थी १६:२) मात्र भनेको छ। इसाई मण्डलीहरुले पुरानोकरारको दशांश बाट १०% अंशलाई महत्वपूर्णरुपमा लिएर इसाईहरुको निम्ति दिने कुराको एक “सिफार

आत्माहत्याको प्रति ख्रीष्टियनहरुका दृष्टिकोण कस्तो हुन्छ? बाइबलले आत्माहत्या बारेमा के भन्दछ?

प्रश्न: आत्माहत्याको प्रति ख्रीष्टियनहरुका दृष्टिकोण कस्तो हुन्छ? बाइबलले आत्माहत्या बारेमा के भन्दछ? उत्तर:  बाइबलले छ वटा विशेष व्यक्तिहरुले आत्माहत्या गरेको कुराको उल्लेख गर्दछ: अबीमेलेक (न्यायकर्ता ९:५४), शाऊल (१ शामुएल ३१:४), शाऊलले हतियार बोक्ने (१ शामुल ३१:४-६), अहीतोपेल (२ शामुएल १७:२३), जिम्री (१ राजा १६:१८), यहूदा (मत्ती २७:५)। तिनीहरु मध्येका पाँच जना दुष्ट, पापी थिए। (शाऊलको हतियार बोक्नेको सम्बन्धमा धेरै भनिएको पाईदैन जसको कारण उसको चरित्रको बारे न्याय गर्न सकिदैन)। कसैले विचार गर्छन् कि शिमशोन पनि एक आत्माहत्याको उद्धाहरण हो (न्यायकर्ता १६:२६-३१), तर शिमशोनको उदेश्य भनेको पलिश्तीहरुलाई मार्न थियो आफैलाई होइन। बाइबलले आत्माहत्यालाई हत्या कै बराबरमा हेर्दछ, जुन यस्तो कार्य हो जसमा— आफैलाई मार्नु हो। एउटा व्यक्ति कहिले र कसरी मर्नुपर्छ भन्ने निर्णय गर्ने परमेश्वर मात्र हुनहुन्छ।  बाइबल अनुसार, यदि एउटा व्यक्तिले आत्माहत्या गर्छ भने ऊ स्वर्गभित्र प्रवेश पाउँछ वा पाउदैन भन्ने कुराको निर्धारण हुदैन। यदि एउटा मुक्ति नपाएको व्यक्तिले आत्माहत्या गर्दछ भने, तिनीले केहि नगरेर यस

बाइबलले मद्य/मदिरा पिउने सम्बन्धमा के भन्दछ? के एउटा विश्वासीले मद्य/मदिरा सेवन गर्नु पाप हो?

उत्तर:  बाइबलले मद्य/मदिरा पिउने सम्बन्धमा धेरे कुराहरु भन्दछ (लेवी १०:९; गन्ती ६:३; व्यवस्था २९:६; न्यायकर्ता १३:४, ७, १४; हितोपदेश २०:१; ३१:४; यशैया ५:११, २२; २४:९; २८:७; २९:९; ५६:१२)। यद्यपि, धर्मशास्त्रले अनिवार्यरुपले बियर, मदिरा अथवा कुनै पनि रक्सी युक्त पिउने पदार्थ पिउने कुराबाट रोक्दैन। वास्तवमा, कुनै-कुनै धर्मशास्त्रहरुले रक्सी वा मदिरालाई सकारात्मक शब्दहरु बिचार-विमर्श गर्दछ। उपदेशक ९:७ पदले “खुशी मनले आफ्नो दाखमद्य पिऊ” भनी निर्देशन गर्दछ। भजन १०४:१४-१५ पदहरुले यो भन्दछ कि “मानिसको मन आनन्दित गराउनलाई” परमेश्वरले दाखमद्य दिनु भयो। आमोस ९:१४ ले परमेश्वरको आशिषको चिन्हको रुपमा आफ्नै दाखबारीबाट दाखमद्य पिउने कुरा बारे विचार-विमर्श राख्दछ। यशैया ५५:१ ले उत्साहको साथ भन्दछ “आओ दाखमद्य र दूध किन...।”  परमेश्वरले मदिराको सम्बन्धमा त्यसबाट हुने मतवालापन वा नशादेखि अलग रहन के आज्ञा गर्नु हुन्छ (एफिसी ५:१८)। बाइबलले मतवालापन र त्यसका असरहरुको निन्दा गर्दछ (हितोपदेश २३:२९-३५)। विश्वासीहरुलाई तिनीहरुका शरीरहरुलाई कुनै कुराले “अधीन” गर्न नदिनु भनी आज्ञा दिइएका छन् (१ कोरिन्थी ६:१२; २

ख्रीष्टियनको बप्तिस्माको महत्व के हो?

प्रश्न: ख्रीष्टियनको बप्तिस्माको महत्व के हो? उत्तर: ख्रीष्टियनको बप्तिस्मा दुई नियमहरू मध्य एक विधि हो जसलाई येशूले मण्डलीमा स्थापना गर्नु भयो। आफ्नो स्वर्गरोहण भन्दा ठीक पहिले, येशूले भन्नुभयो “यसकारण जाओ, र सबै देशका जातिहरुलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरुलाई बप्तिस्मा देओ, मैले तिमीहरुलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरुलाई सिकाओ। हरे, म युगको अन्त्यसम्म सधैँ तिमीहरुका साथमा छु” (मत्ती २८:१९-२०)। यी निर्देशनहरूले स्पष्ट रुपमा भन्दछ कि येशूको वचन सिकाउन, चेला बनाउन, र ती चेलाहरूलाई बप्तिस्मा दिनु नै मण्डलीको जिम्मेवारी हो। यी कुराहरू सबै ठाउँमा (“सबै जातिहरु”) जब सम्म “जगतको अन्त” न आउँदा सम्म गरिनु पर्दछ। त्यसैले, कुनै अन्य कारण होइन, बप्तिस्मा एउटा अति महत्त्वपूर्ण छ किनभने येशूले यसको आज्ञा दिनु भएको हो। बप्तिस्माको अभ्यास मण्डलीको स्थापना भन्दा पहिले नै गरीएको थियो। प्राचीन समयका यहूदीहरूले अन्य विश्वासीहरुबाट आएका मानिसहरुलाई बप्तिस्माद्वारा उनीहरुका “शुद्ध” स्वभाव हुने संकेतको रुपमा देखाउदा थिए। यूहन्ना बप्तिस्मा दिने बप्तिस्माको उपयोग न के

एक पटकको उद्धार सधैँको उद्धार?

प्रश्न: एक पटकको उद्धार सधैँको उद्धार? उत्तर:  एक पटकको उद्धार पाएको व्यक्ति के सधैँको निम्ति उद्धार पाएको हुन्छ? जब मानीसहरुले ख्रीष्टलाई तिनीहरुका उद्धारकर्ताको रुपमा जान्दछन्, तिनीहरु परमेश्वरसँग सम्बन्धमा ल्याईएको हुन्छन् जसले तिनीहरुका उद्धार अनन्त रुपमा सुरक्षित छ भन्ने कुराको प्रत्यभूति दिन्छ। यो तथ्यलाई धर्मशास्त्रका धेरै खण्डहरुले घोषणा गर्दछन्:  (क) रोमी ८:३० पदले घोषणा गर्दछ “जस-जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो, तिनीहरुलाई उहाँले बोलाउनु पनि भयो, र जस-जसलाई उहाँले बोलाउनुभयो, तिनीहरुलाई उहाँले धर्मी पनि ठहराउनुभयो, र जस-जसलाई धर्मी ठहराउनुभयो तिनीहरुलाई उहाँले महिमित पनि पार्नुभयो।” यो पदले हामीलाई बताउँछ कि परमेश्वरले हामीलाई चुनेकोक्षणदेखि नै हामी स्वर्गमा उहाँको उपस्थितिमा महिमित ठहरिएका हुन्छौ। त्यहाँ कुनै पनि कारण छैन जसले एउटा विश्वासिलाई एक दिन महिमित पारिन देखि रोक्न सक्ने छ। एक पटक धर्मी ठहरिएको व्यक्ति, उसको उद्धार निश्चित हुन्छ- उ तेतिनै सुरक्षित हुन्छ जति स्वर्गमा अघिबाटै महिमित पारिएको छ।  (ख) पावलले रोमी ८:३३-३४ पदमा दुईवटा ठूलो महत्वको प्रश्नहरु सोध्छन्

के येशू परमेश्वर हुनुहुन्छ? येशूले कहिल्यै पनि परमेश्वरको भएको दाबी गर्नुभयो?

प्रश्न: के येशू परमेश्वर हुनुहुन्छ? येशूले कहिल्यै पनि परमेश्वरको भएको दाबी गर्नुभयो? उत्तर:  बाइबलले हामीलाई यो विवरण दिदैन कि येशूले सुनिश्चित शब्द भन्नुभयो, “म परमेश्वर हुँ।” तैपनि, यसको यो अर्थ होइन कि, उहाँले यो घोषणा गर्नुभएन कि उहाँ परमेश्वरको होइन। उदाहरणको लगी यूहन्ना १०:३० “मा येशूका यी शब्दहरु, पिता र म एक हौं।” हामीले यहूदीहरुको प्रतिक्रिया हेर्न आवश्यक थियो जब येशूले यो दाबी गर्नु भयो कि ऊहाँ नै परमेश्वर हो। ऊनीहरुले यस कारणको लागि ऊहाँलाई यो भन्दै ढुंगा हान्ने कोसिस गरे कि “...तिमी, मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौँ”( यूहन्ना १०:३३)। यहूदीहरुले यो स्पष्ट बुझे कि येशूले के घोषणा गर्नु भयो— उहाँको ईश्वरत्व। याद गर्नुहोस येशूले आफू परमेश्वर भएको दाबी आस्विकार गर्नु भएन। जब येशूले यो घोषणा गर्नुभो, “पिता र म एक हौँ” (यूहन्ना १०:३०), यहाँ ऊहाँले यो भन्न खोज्दै हुनुहुन्छ कि ऊहाँ र पिता एउटै स्वभाव र आत्माको हुनुहुन्छ। यूहन्ना ८:५८ आर्को उदाहरण हो। “येशूले भनुभयो, साँच्चै म तिमीहरुलाई भन्दछु, अब्राहम हुनुभन्दा अघिबाटै, म छँदैछु!” जुन यहूदीहरुले यो कथन सुने ऊनीहरुको प्र

के क्षमा प्राप्त गर्नुभएको छ? तपाइले कसरी परमेश्वर सगं क्षमा पाऊँन सक्छु?

प्रश्न: के क्षमा प्राप्त गर्नुभएको छ? म कसरी परमेश्वर सगं क्षमा पाऊँन सक्छु? उत्तर:  प्रेरित १३:३८ ले भन्दछ कि, "यसकारण भाइ हो, तपाईंहरूलाई थाहा होस्, कि यी नै मानिसद्वारा पाप-क्षमा हुन्छ भन्ने घोषणा तपाईंहरूलाई गरिएको छ।" क्षमा के हो र मलाई यसको किन आश्वयकता छ? "क्षमा" शब्द को अर्थ शिला-पाटि लाई पोछेर सफा गर्नु, क्षमा गर्नु, र ऋण हटाई दिनु हो। जब हामी कोही प्रति केहि गलत गर्दछौँ, तब हामी उससँग क्षमा पाउँने प्रयास गर्दछौँ ताकि हाम्रो सम्बन्ध पुन: स्थापित होस्। क्षमा यसकारण दिन् सकिदैन किनकी सबै व्यक्ति क्षमा प्राप्त गर्नको लागी योग्य छैन्। कोही पनी क्षमा प्राप्त गर्न को लागी योग्य छैन्। क्षमा प्रेम, दया तथा अनुग्रह को एक कार्य हो। क्षमा दिनु एउटा यस्तो निर्णय हो, जसमा अरुको लागि आफ्नो मनमा केहि पनि कुरा राखी नरहनु।  बाइबल ले हामीलाई बताउँद छ कि हामी सबैलाई परमेश्वरसँग क्षमा पाउँन जरूरी छ। हामी सबैले पाप गरेका छौँ। उपदेशक ७:२० बताउँदछ, "संसारमा यास्तो कुनै धर्मी मानिस छैन, जसले सबै काम ठीक गर्छ र कहिल्यै पाप गर्दैन।" १ युहन्ना १:८ भन्दछ, "यदि हामीमा