Skip to main content

स्मरणशक्ति कसरी प्राप्त हुन्छ ? कसरी बढाउने ? (पूरा बिबरण पढ्नुहोला )

के तपाईं आफ्नो स्मरणशक्ति देखी प्रसन्न हुनुहुन्छ ? ज्ञानगुनका धेरै कुराहरु मस्तिष्कमा टिपाउन एक दुई पटक पढेर धेरै समयसम्म सम्झिरहन सकेमा कति आनन्द हुन्थ्यो होला ! चाहे घरमा काम गर्ने गृहिणी होउन् वा कक्षा–कोठामा पढाउने शिक्षक, अथवा कार्यालयमा काम गर्ने कर्मचारी वा एक व्यापारी नै किन नहोउन्, सबैलाई आफ्नो स्मरणशक्ति बढाउने तीब्र इच्छा, अभिलाषा पक्कै हुन्छ । के हामीले हाम्रो मस्तिष्कको बनावट एवं सूचना–खबर सम्पादन गर्दै जम्मा गरी राख्ने प्रक्रियाको बारेमा कहिल्यै सोचेका छौं त ? मान्छे उही हो, किन कोही गोबरगणेश हुन्छन् त, कोही अत्याधुनिक यन्त्रको निर्माण गरेर पत्याउनै नसक्ने उपलब्धि हात पार्ने क्षमताका हुन्छन ? किन कोही सबै विषयमा फेल हुन्छन् त, कोही विशिष्ट श्रेणीमा उत्तिर्ण हुन्छन् ? यी सबै जान्ने हामीमा कौतुहल हुनु स्वाभाविक छ । एकछिन यहाँ हामी स्मरणशक्तिको सञ्चयप्रक्रिया, मजबुत बनाउने तरिका एवं हाम्रो मस्तिष्कको संरचनामाथि केही प्रकाश पार्ने कोशिश गरौं । 
संरचना 
जन्मेदेखि नै हाम्रो मस्तिष्कको बढ्ने क्रम जारी हुन्छ । बच्चाबच्चीको एकवर्षे कालसम्म छातीको परिधिभन्दा टाउकाको परिधि तीन सेन्टिमिटरले ज्यादा हुन्छ । बच्चाबच्ची जन्मिँदा टाउकाको परिधि ३५ से.मी., तीन महिनामा ४० से.मी., सात वर्षमा ५० से.मी. एवं १२ वर्षमा ५२ से.मी. हुन्छ । टाउकाको परिधि बढ्नु भनेको मस्तिष्कको कोषको संख्यामा पनि बृद्धि हुनु हो । गर्भावस्थाको अन्तिम महिनाहरु एवं जन्मेको शुरुका महिनाहरुमा बच्चाबच्चीको मस्तिष्क द्रूत गतिमा वृद्धि हुन्छ । बच्चाबच्ची जन्मँदा उसको मस्तिष्कको तौल एक वयस्ककोभन्दा जम्मा ७० प्रतिशत जति मात्र रहेको हुन्छ । तर दुई वर्षमा नै त्यो झण्डै ९० प्रतिशत पुगिहाल्छ ।
मस्तिष्कमा सबैभन्दा बाहिरको भाग सेरिब्रम कोर्टेक्स खाल्डा–खुल्डी परेको हुन्छ । सेरिब्रम कोर्टेक्सको ग्रे म्याटर(Grey Matter) अर्थात् खैरो भागले नै हाम्रो बुद्धिमताको पहिचान दिन्छ ।
मस्तिष्कका कोषहरुलाई न्यूरोन भनिन्छ । एक मध्यम दिमागमा झण्डै १५ सय करोड अर्थात् १५ अरव न्यूरोन हुन्छन् । न्यूरोनको बीचमा न्यूक्लियस हुन्छ भने वरिपरि हाँगारुपी डेन्ड्राइटहरु हुन्छन् । डेन्ड्राइटहरुले  एक न्यूरोनलाई अन्य न्यूरोनसँग मेल गराएको हुन्छ र अध्ययनले के प्रमाणित गरेको छ भने यही पारस्परिक मिलाप नै मानिसको सिक्ने प्रक्रिया एवं स्मरणको आधार हो । टेलिफोनको तारभन्दा हजारौं गुणा बढी यी न्यूरोन एक अर्कामा जोडिएका हुन्छन् । मस्तिष्कभित्रका यस्ता कैयौं प्रक्रियाहरुको खोज एवं अनुसन्धान जारी नै छ । 
मस्तिष्कका देब्रे एवं दाहिने भागका काम फरक-फरक छन् । सन् १९६० मा एक चिकित्सकले छिनछिनमा बेहोश हुने व्यक्तिको ‘कर्पोस क्यालोजम’ निकालिदिए । डाक्टर रोजर स्पेरी नामक अर्का चिकित्सकले ती व्यक्तिको अध्ययन गर्दा उनका देब्रे एवं दाहिने दिमागले सोच्ने र गर्ने काम फरक पाए । यस कार्यको निम्ति डा. रोजर स्पेरी संसारकै सम्मानित नोबेल पुरस्कारबाट पुरस्कृत भए । यस्ता अध्ययन कार्यहरु आज पनि जारी छन् । किनकि मस्तिष्कले गर्दा नै मानिस सर्वश्रेष्ठ प्राणी भएको छ र ऊ सिक्न सदा भोको भइरहेको हुन्छ । यो नै उसको सफलताको गोप्य सूत्र हो । 
मानिसको देब्रे भाग तर्कशील (logical) हुन्छ । यसले बोली, शब्द र भाषा नियन्त्रण गर्छ । त्यस्तैगरी यसले क्रमसँगै एकएक गरी सोच्न सक्छ । दायाँ भाग भने सृजनशील (creative) भाग हो । यसले रङ्ग चिन्छ एवं चित्रबारे सोच्न सक्छ, सुमधुर संगीत सञ्चित गर्न सक्छ । देब्रे मस्तिष्कले शरीरको दाहिने भागलाई नियन्त्रण गर्छ भने दाहिने भागले देब्रे भागलाई । वैज्ञानिकहरुका अनुसार बच्चाकालमा हामीले मस्तिष्कको दुवै भागको प्रयोग गरेका हुन्छौं । तर युवावस्थातिर हामीले दायाँ भागको कम प्रयोग गरेका हुन्छौं, किनकि सबै मान्छे चित्र बनाउने वा संगीत सुन्ने प्रवृत्तिका हुँदैनन् । चित्र बेगर टिपोट टिप्ने हाम्रो बानी एवं सिधा रेखामा किताबी शैलीले लेख्ने बानी बोदो दिमाग हुने एक प्रमुख कारण हो भनी वैज्ञानिकहरुले प्रमाणित गरिसकेका छन् । त्यस्तै जान्दै नजानी, बुझ्दै नबुझी ‘सुगा रटन्ते’ पढाइले जाँचमा सफल (पास) गराए पनि अन्तत्वगत्वा अभिशाप नै हुने कुरा सबैले जानिसकेका छौं ।
अब पढेका कुरा कसरी बुझ्ने एवं सम्झना गर्ने भन्नेबारे केही कुरा गरौं ।
स्मरणक्रिया न्यूरोनको ‘सिनाप्टिक’ सञ्चार माध्यमबाट हुन्छ । न्यूरोनको कार्य सूचना सञ्चार गर्ने हो । मस्तिष्कमा एक कोषबाट अर्को कोषमा निरन्तर सूचना प्रवाह भइरहेको हुन्छ । त्यहाँ नयाँ बाटाहरुबाट सूचना लेनदेन भइरहेको हुन्छ । एकपटक प्रवाह भएको बाटोलाई बारम्बार सोचेर, प्रयोग गरेर मजबुत बनाउनुपर्छ र अनि मात्र उक्त बाटोमा प्रवाह भएको कुरा सदा सम्झना भइरहन सक्छ । त्यसैले कुनै पनि कुरा जतिपटक सोच्यो, उति सम्झना हुन्छ ।
स्मरणशक्ति कति किसिमका हुन्छन् ? 
क) छोटो अवधिको स्मरणशक्ति (Short-term memory)
यो स्मरण प्रक्रिया केवल केही सेकेन्ड वा मिनेटसम्म मात्र हुन्छ, अनि भुलिन्छ । जस्तै कुनै गाडीको नम्बर, भीडमा देखिएका मान्छे, कसैको फोन नम्बर आदि देखिन्जेल मात्र थाहा हुन्छ । एकछिन पछाडि ती सबै भुलिन्छन् । 
ख) मध्यम अवधिको स्मरणशक्ति (Intermediate-term memory)
कुनै कुराको सम्झना केही दिन वा हप्तासम्म हुनसक्छ तर पुनः नदोहोराएमा बिर्सिन्छ । हामीले पत्रिका पढ्दा वा समाचार सुन्दा कतिपय कुरा भुलिसकेका हुन्छौं । यो यस अन्तर्गत पर्छ । 
ग) उच्च स्तरको स्मरणशक्ति (Long-term memory)
मान्छेले खूब इख लिएर गरेका कुरा एवं दत्तचित्त दिएर गरेका कामहरु वर्षाैंसम्म पनि ताजा नै रहन सक्छन् । वास्तवमा भन्ने हो भने विभिन्न प्रक्रियाबाट स्मरणशक्ति सञ्चित हुन्छन् । सेरोटोनिन, याडेनाइलसाइक्लेज, साइक्लिक याडेनोसाइड मोनोफोस्फेट, प्रोटिन काइनेज, पोटासियम, क्याल्सियम जस्ता तत्वहरु स्मरणशक्ति बढाउन नभई हुँदैन । वैज्ञानिक वाइर्न एवं उनका साथीहरुले प्रयोगशालामा शंखेकीरामाथि गरेको अध्ययनले पनि स्मरण हुने प्रक्रियामा एक नयाँ उचाइ थपेको छ । 
छोटो स्मरणशक्ति बढाउने तरिका
छोटो अवधिको स्मरणशक्तिलाई लामो समयसम्म सञ्चित गर्न न्यूरोनको सिन्याप्स प्रक्रियामा परिवर्तन ल्याइनुपर्छ । रासायनिक एवं भौतिक संरचनामा फरकपन ल्याइनुपर्छ । न्यूरोन एक अर्कामा सम्पर्क हुदाँ सिन्याप्स बन्दछ । सूचनालाई मध्यमस्तरीय स्मरण गर्न कम्तीमा ५–१० मिनेटसम्म त्यो कुरालाई विभिन्न रुपबाट मनन गर्नैपर्छ । कहिले चित्र कोरेर, कहिले सूत्र बनाएर वा कहिले नौलो काल्पनिक वस्तु रचेर उक्त कुरालाई मनभित्र खेलाउँदै मत्थर बनाउनुपर्छ । हामीमा कुनै नयाँ सम्झनालाई दिमागमा त्यसै जथाभावी नराखी पहिलेका सम्झनाहरुसँग सम्बन्धित गराएर सञ्चित भएको हुन्छ । 
स्मरण गर्ने भाग
मस्तिष्कको हिप्पोक्याम्पस (hippo-campus) भागले स्मरण बढाउन वा सूचना सञ्चित गर्न सहयोग गर्छ । वैज्ञानिकहरु भन्छन्, हिप्पोक्याम्पस र यसको डाएन्सिफेलोनसँग जोडिएको भागको साथै कर्पोस स्ट्राएटम भाग स्मरण संचय गर्ने प्रमुख भाग हुन् । एमिग्डला (amygdala) एवं अन्य भागको भूमिका पनि अपरिहार्य छ । प्रोटिनबाट बन्ने डिएनए (DNA) एवं आरएनए (RNA)ले सम्झना बढाउन सहयोग गर्छन् । 
स्मरण कम हुने रोग 
‘अल्जिमर’ रोगमा सम्झना शक्तिको प्रचुर ह्रास भएको हुन्छ । यस्तो हुनुको कारण यसमा कोलिनर्जिक न्यूरोनको ह्रास हुनु हो । बुढेसकालमा पहिलेका कुराहरु सम्झना हुन्छन् । तर तत्कालिन नयाँ कुरा चाहिँ चाँडै नै भुलिन्छ, यसलाई ‘रेट्रोग्रेड याम्नेसिया’ भनिन्छ । कुनै पनि औषधि हालसम्म स्मरण बढाउनको लागि सक्षम छैनन् । मान्छे जब बुढो हुन्छ, उसको सम्झना केवल उसको क्षेत्रका कुराहरुसँग मात्र हुन्छ । नयाँ कुराहरु एकदमै कम मात्र सम्झन सक्छ । जस्तै एउटा प्राध्यापकले आफ्नो पढाइका कुराहरु बिर्सेका हुँदैनन् । तर नयाँ मान्छेको नाम, टेलिफोन नम्बर एवं दैनिक कार्य सबै बिर्सन सक्छन् । 
विद्यार्थीहरुले स्मरण शक्ति बढाउने तरिका 
आफूले गरेको काममा प्रथम भई नाम, दाम कमाउन कसलाई रहर हुँदैन र ? स्मरण शक्ति एकैछिन, एकै दिनमा कहिल्यै बढाउन सकिन्न । यसको लागि निरन्तर मिहिनेत एवं परिश्रम गरिराख्नु पर्छ । काम गर्ने शैली परिवर्तन गर्नुपर्छ एवं कुनै पनि काम भित्री मनबाट नै इख लिएर गर्नुपर्छ । भनिन्छ विष नभएको सर्प र इख नभएको मान्छेको काम छैन रे ! विद्यार्थी वर्गलाई त स्मरण शक्तिमा कमी हुदाँ आपत पर्न सक्छ, परिक्षामा असफल हुने डर हुन्छ । आउनुहोस् हामी यहाँ स्मरणशक्ति बढाउने केही तरीकाहरुका बारे चर्चा चलाऔं । 
१. स्मरणशक्ति बढाउन निकै छिटो मनमनै पढ्नुपर्छ । छिटो पढ्नु एवं पुरै वाक्य नपढी महत्वपूर्ण शब्द छान्दै पढ्नु निकै महत्वपूर्ण कुरा हो । छिटो पढ्दा थोरै समयमा धेरै पढ्न सकिन्छ । छिटो पढ्ने व्यक्ति छरिता र चलाख हुन्छन् । 
२. पढ्दा कुनै पनि पढिसकेका कुरालाई जीवनमा घटेका रमाइला, निराशा वा मनछुने घटनासँग दाँज्दै, सम्बन्ध गाँस्दै पढ्नुपर्छ । 
३. सम्झना दह्रो पार्न बारम्बार पढेका कुराहरु दोहोर्याउनुपर्छ । अध्ययनले देखाएको छ– एकपटक पढेका कुरा एक दिनपछि जम्मा अठार प्रतिशत मात्र सम्झिन्छ, एक महिनापछि जम्मा पाँच प्रतिशत मात्र याद हुन्छ, त्यसैले दैनिक दोहोर्याउनु उत्तम हो । 
४. दैनिक कसरत गरी स्वस्थ रहनु एवं सन्तुलित भोजन– विशेषतः प्रोटिन, भिटामिन आदि खानुले पनि स्मरणशक्ति बढाउन भिटामिन ‘सी’ पनि यसको लागि लाभदायक हुने विज्ञहरु बताउँछन् । 
५. चित्र वा शब्दचित्र बनाएर पढ्नु निकै उत्तम मानिन्छ । परम्परागत लामा रेखाका नोट बनाउने तरीकाले समय नोक्सान हुने भएकोले त्यसलाई त्यति राम्रो तरीका मानिन्न । किताबमा वा नोटमा पनि धेरै र कम महत्वपूर्ण कुरालाई चिन्ह लगाएर पढ्नुपर्छ । पढेका कुरालाई किताबै नहेरी चित्र (mind map) बनाउँदै नोट तयार गर्नु राम्रो हो । 
६. विद्यार्थीहरुले जाँचको बेलामा पढाइबाहेक अन्य अनावश्यक कुरामा ध्यान दिनैहुन्न । त्यस समयमा आफूलाई काम नलाग्ने कुराहरुबाट पर राखेर पढाइका टिपोटहरु पटकपटक दोहोर्याइरहनु पर्छ । पहिलेका प्रश्नपत्रलाई सीमित समयावधिभित्र हल गर्नुपर्छ र आफ्ना गल्ती दक्ष व्यक्तिबाट पत्ता लगाइनुपर्छ । 
७. आफूमा सदा ‘मैले स्मरण गर्न सक्छु’ भन्ने आत्मविश्वास राखिराख्नुपर्छ । 
८. कल्पना गरेर सोच्ने शक्तिमा विकास गर्नुपर्छ । सूत्र बनाई पढ्नुपर्छ । रङ, चित्र एवं इन्द्रीय शक्ति, संख्या दैनिक कुरासँग कुनै कुरा जोड्दा कतिपयमा लाभदायक पनि हुनसक्छ । जे होस्, दत्तचित्त दिएर बारम्बार पढेमा वा तार्किक, भई अध्ययन गरे सबैलाई फाइदा नै हुन्छ । स्मरण शक्ति बढ्न सक्छ ।

Comments

Popular posts from this blog

नेपालको सबै जिल्लाहरु नाम र तिनिहरुको क्षेत्रफल र जनसंख्या ।

Province No. 1 Edit Districts of Province No. 1 Name Nepali Headquarters Area (km²) Population (2011) Website Bhojpur District भोजपुर जिल्ला Bhojpur 1,507 182,459 [1] Dhankuta District धनकुटा जिल्ला Dhankuta 892 163,412 [2] Ilam District इलाम जिल्ला Ilam 1,703 290,254 [3] Jhapa District झापा जिल्ला Bhadrapur 1,606 812,650 [4] Khotang District खोटाँग जिल्ला Diktel 1,591 206,312 [5] Morang District मोरंग जिल्ला Biratnagar 1,855 965,370 [6] Okhaldhunga District ओखलढुंगा जिल्ला Siddhicharan 1,074 147,984 [7] Panchthar District पांचथर जिल्ला Phidim 1,241 191,817 [8] Sankhuwasabha District संखुवासभा जिल्ला Khandbari 3,480 158,742 [9] Solukhumbu District सोलुखुम्बू जिल्ला Salleri 3,312 105,886 [10] Sunsari District सुनसरी जिल्ला Inaruwa 1,257 763,497 [11] Taplejung District ताप्लेजुंग जिल्ला Taplejung 3,646 127,461 [12] Terhathum District तेह्रथुम जिल्ला Myanglung 679 113,111 [13] Udayapur District उदयपुर जिल्ला Gaighat 2,063 317,532 [14] Province No. 1 प्रदेश नं० १ Biratnag...

के जुवा खेल्नु एउटा पाप हो? बाइबलले जुवा खेल्नुको बारेमा के भन्दछ?

प्रश्न: के जुवा खेल्नु एउटा पाप हो? बाइबलले जुवा खेल्नुको बारेमा के भन्दछ? उत्तर:  बाइबलले बिशेषगरि जुवा खेल्नु, शर्त लाउनु, वा चिठ्ठा थाप्नुलाई नराम्रो भन्दैन। यद्यपि बाइबलले हामीलाई रूपैयाँ पैसाको मोहबाट टाढा रहने चेतावनी दिन्छ (१ तिमोथी ६:१०; हिब्रू १३:५)। धर्मशास्त्रले हामीलाई “छिटो धनि बन्ने” कुराबाट टाढा बस्नु प्रोत्साहन गर्छ (हितोपदेश १३:११; २३:५; उपदेशक ५:१०)। जुवा खेल्नु निश्चय पनि पैसा प्रतिको मोहमा नै केन्द्रित हुन्छ र छिटो र सहजिलै धनी हुने लोभमा पर्दछ। जुवा खेल्नुमा के गलत छ? जुवा खेल्नु असहज विषय हो किनभने यदि यो नियन्त्रणमा र कहिलेकाहिँ मात्र खेलिन्छ भने, यो एउटा पैसा खेर फाल्नु हो तर यो अनिवार्य रुपले “खराब” चाहिँ होइन। मानिसहरुले धेरै किसिमका किर्याकलापहरुमा पनि पैसा खेर फाल्छन्। जुवा खेलेर पैसा नष्ट गर्ने वा चलचित्र हेरेर (धेरै उदाहरणमा), अनावश्यक खर्चिलो खानेकुरामा, अथवा बिनाकामको सामानहरु किनेर पैसा खर्च गर्ने बीच धेरै-धेरै भिन्नता भने हुदैनन्। यसै क्षणमा, अन्य थोकमा पनि पैसा खेर फालिन्छ भन्नाले जुवा खेल्नु उचित हो भन्ने हुदैन। रूपैयाँ-पैसा खेर फाल्नु हुदै...

फेसबुकले लाइभ फिचरमा कडाइ गर्ने भएको छ । तर किन ! (पूरा बिबरण हेर्नुहोल )

सानफ्रान्सिस्को — सामाजिक सञ्जाल फेसबुकले आफ्नो लाइभ फिचरमा कडाइ गर्ने भएको छ । न्युजिल्याण्डमा भएको गोलीबारीको घटनाको विषयलाई लिएर फेसबुले लाइभ फिचरमा केही कडाइ गर्ने लागेको हो । गत मार्च १५ मा  क्राईस्टचर्चको दुई मस्जिदमा बन्दुकधारीले अन्धाधुन्ध गोली हानी ५१ जनालाई मारेको  भिडियो फेसबुकमा लाइभ गरेपछि फेसबुकले यस्तो निर्णय आएको हो । फेसुबकले एक विज्ञाप्ति निकाल्दै फेसबुक लाइभमा 'वान स्ट्राइक पोलिसी' लगाइने जनाएको छ। जस अनुसार प्रयोगकर्ताहरुले कम्पनीको नियम उलंघन गरे उनीहरुकाे 'लाइभ फिचर' केही समयका लागि बन्द गरिनेछ ।फेसबुकले कस्ता कार्यहरु 'वान स्ट्राइक पोलिसी'मा पर्ने भन्ने बारे उल्लेख नगरेकोरोयटर्सले जनाएको छ । न्युजिल्याण्डका प्रधानमन्त्री जेसिनथा आर्ड्रनले फेसबुकको यो निर्णयले आतंककारी गतिविधिलाई निरुत्साहित बनाउने बताएकी छन् । फेसबुकले न्युजिल्याण्डमा भएको गोलीबारीको घटनासँग सम्बन्धित विश्वभरबाट फेसुकले १५ लाख वटा भिडियो हटाइको जनाएको छ ।