उत्तर: बाइबलले मद्य/मदिरा पिउने सम्बन्धमा धेरे कुराहरु भन्दछ (लेवी १०:९; गन्ती ६:३; व्यवस्था २९:६; न्यायकर्ता १३:४, ७, १४; हितोपदेश २०:१; ३१:४; यशैया ५:११, २२; २४:९; २८:७; २९:९; ५६:१२)। यद्यपि, धर्मशास्त्रले अनिवार्यरुपले बियर, मदिरा अथवा कुनै पनि रक्सी युक्त पिउने पदार्थ पिउने कुराबाट रोक्दैन। वास्तवमा, कुनै-कुनै धर्मशास्त्रहरुले रक्सी वा मदिरालाई सकारात्मक शब्दहरु बिचार-विमर्श गर्दछ। उपदेशक ९:७ पदले “खुशी मनले आफ्नो दाखमद्य पिऊ” भनी निर्देशन गर्दछ। भजन १०४:१४-१५ पदहरुले यो भन्दछ कि “मानिसको मन आनन्दित गराउनलाई” परमेश्वरले दाखमद्य दिनु भयो। आमोस ९:१४ ले परमेश्वरको आशिषको चिन्हको रुपमा आफ्नै दाखबारीबाट दाखमद्य पिउने कुरा बारे विचार-विमर्श राख्दछ। यशैया ५५:१ ले उत्साहको साथ भन्दछ “आओ दाखमद्य र दूध किन...।”
परमेश्वरले मदिराको सम्बन्धमा त्यसबाट हुने मतवालापन वा नशादेखि अलग रहन के आज्ञा गर्नु हुन्छ (एफिसी ५:१८)। बाइबलले मतवालापन र त्यसका असरहरुको निन्दा गर्दछ (हितोपदेश २३:२९-३५)। विश्वासीहरुलाई तिनीहरुका शरीरहरुलाई कुनै कुराले “अधीन” गर्न नदिनु भनी आज्ञा दिइएका छन् (१ कोरिन्थी ६:१२; २ पत्रुस२:१९)। अधिकरुपमा मदिरा सेवन गर्नु भनेको अकाट्य रुपमा लत बस्नु हो। धर्मशास्त्रले पनि एउटा विश्वासीलाई कुनै पनि त्यस्तो कामहरु गर्नदेखि रोक्दछ जुन कामले अन्य विश्वासी भाई वा बहिनीलाई बाँधा पुर्याउँन सक्दछ वा कुनै विश्वासीलाई उसको वा उनीको विवेकको विरुद्ध पाप गर्न प्रेरणा दिन सक्दछ (१ कोरिन्थी ८:९-१३)। यही सिद्धान्तको प्रकाश अनुसार, कुनै पनि विश्वासीलाई यो भन्न असहजिलो हुन्छ कि उसले परमेश्वरको महिमाको निम्ति मदिरा पिउँदछ (१ कोरिन्थी १०:३१)।
येशुले पानीलाई दाखमद्यमा परिवर्तन गर्नुभयो। यो घटनाले येशुले त्यो अवसर मा दाखमद्य पिउनुभयो भन्ने जस्तो देखाउँछ (यूहन्ना २:१-११; मत्ती २६:२९)। नयाँ करारका समयमा पानीहरु धेरै सफा थिएनन्। आधुनिक सरसफाईको प्रबन्ध नभएको कारण, पानीमा जीवाणु, किटाणु, र सबै प्रकारका प्रदूषणहरुले पूर्ण थिए। आज पनि यस्तै अवस्था तेस्रो-विश्व राष्ट्रहरुमा छन्। त्यस्को परिणाम स्वरुप, मानिसहरुले दाखमद्य (अंगूरको रस) पिउथें किनभने यो चाहिँ प्रदूषित हुन सम्भव थिएन। १ तिमोथी ५:२३, पदमा पावलले तिमोथीलाई पानी पिउन बन्ध गर भनी सल्लाह दिन्छ (शायद त्यो पानीले उसको पेटमा समस्या उत्पन्न गरेको हुनसक्छ) र त्यसको सट्टा दाखमद्य पिउन सल्लाह दिन्छ। त्यो दिनमा, दाखमद्य खमीर युक्त (मद्य भएको) हुन्थे, तर अनिवार्यरुपमा आजभोलि कै मात्रा मा चाहिँ हुदैन थियो। त्यो अंगूर कै रस थियो भन्नु चाहिँ ठीक हुदैन, तर यो भन्न पनि ठीक होइन कि हिजो-आज प्रयोग गरिने मदिरा वा रक्सी जस्तै थिए। फेरि पनि, धर्मशास्त्रले वियर, मदिरा, र मदिरा युक्त कुनै पनि पिउने पदार्थको सेवन गर्न देखि रोक्दैन। मदिरा आफैमा, पापद्वारा दूषित हुदैन। यो मदिरा प्रतिको मतवालापन र नशा बाट चाहिँ विश्वासीहरुले सम्पूर्णरुपले आफैलाई रोक्नु जरुरत पर्दछ (एफिसी ५:१८; १ कोरिन्थी ६:१२)।
मदिरा, कम्ती मात्रामा सेवन गर्नु न त हानीकारक छ न त लत बसेको हुनु हो। वास्तवमा, कुनै डाक्टरहरुले थोरै मात्रामा रातो मदिरा वा रम पिउनु स्वस्थको लागि लाभदायक हुन्छ भनेर, समर्थन गर्दछन् विशेष गरी हृदयको लागि। थोरै मात्रामा मदिरा सेवन गर्नु चाहिँ विश्वासहिरुका निम्ति स्वतन्त्रको कुरा हो। मतवालापन र त्यस प्रतिको लत चाहिँ पाप हो। यद्यपि, मदिरा र त्यसको असरहरुका सम्बन्धमा बाइबलीय चिन्ता भएको कारण, मदिरा धेरै मात्रामा सेवन गर्न सक्ने सहज परिक्षा हुने भएकाले, र अरुको निम्ति बाँधा वा ठेसको कारण हुन सक्ने सम्भावना भएकाले, एउटा विश्वासीको निम्ति सम्पूर्णरुपले मदिरा सेवनबाट अलग रहनु नै सबै भन्दा असल हुन्छ।

Comments
Post a Comment